रविविरुद्धको मुद्दाका रिट निवेदक भन्छन्–देशमा कानुनी राज्य छ भन्ने स्थापित भयो
काठमाडौं । रवि लामिछानेको नागरिक विरुद्धका रिट निवेदक युवराज पौडेल 'सफल' र रविराज लामिछानेले कानुनी राज्यमा सबैले कानुन मान्नुपर्ने भन्ने नजिर स्थापित भएको बताएका छन् । सर्वोच्च अदालतले शुक्रबार लामिछाने गैरनागरिक भएको ठहर गरेपछि उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।
निवेदक युवराज पौडेलले भने, 'जाँदा प्रक्रिया पुर्याएर गइन्छ भने आउँदा पनि प्रक्रिया पुर्याउनु पर्छ भन्ने थियो । यहीनीर उहाँको त्रुटि भयो । मुलुकमा कानुनी राज्य भनेर हामीले मुद्दा दायर गरेका थियौं।' आजको सर्वोच्चको फैसलाबाट नेपाल सिक्किम र भुटान हुनबाट बचेको पौडेलको भनाइ छ ।
यस्तै अर्का निवेदक रविराज बसौलाले शुक्रबारको फैसलाले आफूहरूको अभियान सफल भएको बताए । उनले भने, 'रविजीसँग वैरभाव केही पनि होइन । आफू अनुकूल विदेश जाने र नेपाल आएर नेपाल प्रक्रियाको अन्त्य हुनुपर्छ भन्ने हाम्रो अभियान थियो । आजको फैसलाबाट त्यो अभियानले सार्थकता पायो ।'
अदालतले कसैको दबाबमा नपरी फैसला गरेको उनको दाबी छ । 'यो देशमा सबैले कानुन मान्नुपर्छ भन्ने नजिर स्थापित भएको छ । कानुनको शासन छ', बसौलाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण