राखेप कर्मचारी संघको महाधिवेशन : केन्द्रबाट प्रतिनिधि छनोट
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, केन्द्रीय कार्यमितिको महाधिवेशन तथा निर्वाचनका लागि केन्द्रबाट सहभागी हुने प्रतिनिधि चयन भएका छन् । खुलातर्फ १४ प्रतिनिधि छनोट हुने प्रावधान थियो । २८ जनाले उम्मेदवारी दिएका थिए ।
निर्वाचित मध्ये सरस्वती केसीले सर्वाधिक ८४ मत प्राप्त गरिन् । निर्वाचित हुने अन्यमा रामकृष्ण घिमिरे (८१), विजयन्त शर्मा (पिन्टु) (८०), लिलाराम बस्नेत (७६), कुमार बस्नेत (७४), सुजन खतिवडा ((७१), खुशराज दाहाल (६८), लोकेन्द्रकुमार बस्नेत (६६), डिल्लीराम काफ्ले (६५), रेखा बस्नेत (६०), गोपीकृष्ण निरौला ((५९), रिखिराम पोखरेल (५८), दुर्गादेवी बस्नेत (५८) र दोवे तामाङ (५०) रहेका छन् ।
कुल १ सय २६ मतदाता रहेकोमा १ सय १४ मत खसेको थियो । सदर मत संख्या १ सय ९ थियो । ५ मत बदर भएको थियो ।
महिला आरक्षिततर्फ ३ जना छनोट हुनु पर्नेमा ४ जनाले उम्मेदवारी दिएका थिए । अमृता घिमिरे (९१), पार्वती राई (८८) र ढाकादेवी पराजुली (७१) निर्वाचित भए ।
आरक्षित श्रेणीविहीनतर्फ बद्रीकुमार खत्री निर्विरोध निर्वाचित भए । केन्द्रीय महाधिवेशन तथा निर्वाचन फागुन ४ देखि ५ गतेसम्म लुम्बिनी प्रदेशको नेपालगन्जमा हुँदैछ । केन्द्रीय महाधिवेशन तथा निर्वाचनमा जिल्ला, प्रदेश र केन्द्रबाट जम्मा १ सय २० प्रतिनिधि सहभागी हुने राखेप कर्मचारी संघ केन्द्रीय निर्वाचन आयोगका सचिव भोजानन्द राईले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण