नाटकीय पतनपछि इंग्ल्याण्ड पराजित
केप टाउन । जेसन रोयको उत्कृष्ट शतकका बाबजुद पहिलो एक दिवसीय खेलमा इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग २७ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्ड ४४.२ ओभरमा २७१ रनमा समेटिएको हो ।
रोयले ७९ बलमा शतक बनाएपछि इंग्ल्याण्ड सहजै रूपमा जीततर्फ अग्रसर बनेको थियो । उनले ९१ बलमा ११३ रन बनाएर आउट हुँदा इंग्ल्याण्डले २० ओभरभित्र १४६ रन बनाएको थियो । ३० औँ ओभर टोलीले ३ विकेटको क्षतिमा १९६ रन बनाइसकेको थियो । तर, मोइन अली आउट भएपछि इंग्ल्याण्डको नाटकीय पतन सुरु भयो । टोलीले ४९ रनको अन्तरमा ६ विकेट गुमाउन पुग्यो । एनरिच नोर्टजेले ४ तथा कागिसो राबाडाले दुई विकेट लिए ।
यसअघि रासी भान डर डुसेनको १ सय ११ रनको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २९८ रन बनाएको थियो । उनलाई डेविड मिलरले अर्धशतक बनाउँदै राम्रो साथ दिएका थिए । इंग्ल्याण्डका लागि साम करनले ३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण