बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको पनि जिम्मेवारी

शनिबार, १४ माघ २०७९, १३ : ३८
शनिबार, १४ माघ २०७९

काठमाडौं । राष्ट्रपति विदादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी दिएकी छन् । शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई गृहमन्त्रालयको कार्यभार तोकेको जानकारी दिएको हो ।

विज्ञप्तिमा गृहमन्त्री रवि लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकाले गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई दिइएको उल्लेख छ । 

सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि गृहमन्त्री लामिछानेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका थिए ।  लामिछानेले राजीनामा दिएलगत्तै प्रधानमन्त्री दाहालले गृहमन्त्रालयको जिम्मेवारी आफुले लिएका थिए ।  

sital-niwas

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप