समाचार
सबै सरकारी वेबसाइट पुन: सुचारु
शनिबार, १४ माघ २०७९, १५ : १६

काठमाडौँ । नेपाल सरकारका सबै सरकारी वेबसाइट एकैपटक शनिबार घण्टौँ डाउन भएका छन् । केही घण्टा डाउन भएका वेबसाइटहरु पुन: सञ्चालनमा आएका छन् ।
नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका थिए । सरकारी मन्त्रालय, विभाग, प्राधिकरण लगायत सम्पूर्ण सरकारी संस्थान तथा विभागहरुको वेबसाइटमा समेत समस्या देखिएको थियो । नेपाल टेलिकम, एनसेल र ब्रोडब्याण्ड इन्टरनेटमा समेत वेबसाइट खुलेका थिएनन् ।
‘जीओभी डट एनपी’ डोमेनमा रहेका सम्पूर्ण वेबसाइट खोल्दा ‘This site can’t be reached’ देखाउँथ्यो । त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सर्भरमा समस्या आउँदा सबै सरकारी कार्यालयका वेबसाइट डाउन भएको बताएका छन् ।