शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म पढाउन ‘इनसेसेन्ट रेन एकेडेमी’ को सुरुवात

आइतबार, १५ माघ २०७९, १२ : ५६
आइतबार, १५ माघ २०७९

काठमाडौँ । भिजुअल इफेक्ट, थ्रीडी एनिमेसन, गेम डेभलपमेन्ट, चलचित्र निर्माण, ग्राफिक्स डेभलपमेन्ट र एप डेभलपमेन्टका कक्षाहरु सञ्चालन हुने गरी काठमाडौँको हात्तिसारमा ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु भएको छ । नेपालबाट हलिउड लगायतका विश्वका ठुला उद्योगका चलचित्रहरुमा काम गरिरहेको इनसेसेन्ट रेन स्टुडियोका संस्थापक किरणभक्त जोशीले डेभ डटकमका संस्थापक पारस चित्रकार र नेपाली प्राइभेट इक्विटी कम्पनी टिएनए एसोसिएट्सले सहकार्यमा एकेडेमी सुरु गरेका हुन् ।

केही दिनअगाडि उद्घाटन भएको एकडेमीको नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले समेत भ्रमण गरेका छन् । भ्रमणको अवसरमा थम्पसनले नेपालका कलाकारहरूको लागि राम्रो जीवनयापन र अवसर सिर्जना गर्ने बताउँदै एकेडेमीको प्रशंसा गरेका थिए । उद्घाटनको दिनदेखि नै पढाई सुरु गरेका विद्यार्थीहरूसँग कुरा गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता दिन प्रोत्साहन दिँदै उनीहरूको सुखद भविष्यको विश्वास व्यक्त गरे ।

एकेडेमीका सञ्चालक किरणभक्त जोशी टेलिभिजन तथा चलचित्र निर्देशक, निर्माता र एनिमेसन एवं भिजुअल इफेक्ट विज्ञ हुन् । उनले यस क्षेत्रमा तीनदशक बढी समय व्यतित गरेका छन् । जोशीले आफ्नो करियर संयुक्त राज्य अमेरिकाको चर्चित हलिउड स्टुडियो ’वाल्ट डिज्नी स्टुडियो’ मा सुरुवात गरेका थिए, जहाँ उनले थुप्रै चलचित्रहरुमा काम गरेका छन् ।

जोशीले काठमाडौँको गुणस्तरीय हिसाबले भिजुअल ईभेक्ट्स तथा एनिमेशनलाई मनोरञ्जन उद्योगको आवश्यकतालाई बुझेर पढाई हुन नसकेको महशुस गरी एकेडेमी सुरु गरेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप