जापानमा चिनियाँ ‘भिसा’ सेवा पुनः सुरु
टोकियो । यहाँस्थित चिनियाँ राजदूतावासले प्रवेशाज्ञा सेवा पुनः सुरु गरेको छ । आज एक सूचना जारी गरेर दूतावासले भिसासेवा पुनः सुरु भएको जनाएको हो ।
बेइजिङस्थित जापानी राजदूतावासले चिनियाँ नागरिकलाई आइतबारदेखि प्रवेशाज्ञा दिने सूचना जारी गरेपछि चीनले पनि जापानमा भिसा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
जापान भ्रमण गर्न चाहने चिनियाँ नागरिकलाई टोकियोले कोरोना परीक्षण नकारात्मक भएको प्रमाणबिना प्रवेशाज्ञा जारी नगर्ने नीति अख्तियार गरेपछि बेइजिङले पनि जापानी नागरिकलाई भिसा नदिने प्रतिशोधात्मक कदम चालेको थियो ।
आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानको आलोचना गर्दै चीनले पनि गत पुस २६ गतेदेखि जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गरेको थियो । बेइजिङको उक्त कदमको आलोचना गर्दै त्यसलाई फिर्ता लिन माग गरेको थियो । साथै चीनले दक्षिणकोरियाली नागरिकलाई भिसा नदिने सूचना जारी गरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोभिड–१९ को प्रकोपको स्थितिबारे वास्तविक तथ्याङ्क नदिएको आरोप बेइजिङमाथि लगाएको थियो भने पछिल्लो समय अमेरिकालगायत दर्जनौँ देशले चीनबाट आफ्ना भूमिमा आउन चाहने चिनियाँसहित जुनसुकै देशका नागरिकले आफूलाई कोरोना सङ्क्रमण नभएको पुष्टि गर्ने प्रयोगशाला प्रतिवेदन पेस गर्नुपर्ने प्रावधानलाई अनिवार्य गरेका थिए । महामारीका बीच चीनले गत महिना अचानक कोभिड–१९ नियन्त्रणसम्बन्धी सबै प्रतिबन्धात्मक कदम हटाएपछि विश्वसमुदाय सशङ्कित भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमा कोरोना महामारीमा परी धेरै नागरिकको ज्यान गएको जनाएका थिए । केही साताअघिसम्म कठोर नियम कार्यान्वयन गराएको विरोधमा देशका प्रमुख सहरमा विरोध प्रदर्शन भएका थिए । कलकारखाना बन्द गर्ने घरबाहिर निस्कन नपाउने नियमको विरोधमा सर्वसाधारण उत्रिएका थिए । (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण