बाँकेमा श्रीमती र २ वर्षे छोरालाई युवकले पेट्रोल छर्केर लगाए आगो
बच्चाको मृत्यु, आरोपी पक्राउ
सोमबार, १६ माघ २०७९, ०८ : ०६
बाँके । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई आगो लगाएका छन् । कोहलपुर–१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।
बुवाले लगाएको आगोले जलेर प्रिन्सको गएराति नै मृत्यु भएको बाँकेका एसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । आइतबार राति १ बजे उपचारको क्रममा नाबालकको मृत्यु भएको थियो । गंगा बिकको घाँटी र ढाडमा जलेको छ । उनको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार हुँदै छ । आरोपीलाई भारत तर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गएराति पक्राउ गरिएको एसपी राठौरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण