म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन
म्यादी । म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या शून्यमा झरेको छ । दुई आर्थिक वर्षदेखि जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । सत्तरीऔँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार बेनीमा आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रमा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको जानकारी दिए ।
“दुई वर्षयता जिल्लामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा कोही पनि नयाँ कुष्ठरोगका बिरामी दर्ता भएका छैनन्, जिल्ला बाहिरका स्वास्थ्य संस्थामा पुगेर उपचार गरेकाको विवरण जिल्लामा अभिलेख हुँदैन, केहिले जिल्ला बाहिरबाट कुष्ठरोगको उपचार गराएको हुनसक्छ हाम्रो अनुमान छ”, उनले भने ।
कार्यालयका अनुसार, दुई वर्षअघि जिल्लामा कुष्ठरोगका बिरामीको सङ्ख्या १३ थियो । अहिले दुई वर्षअघि नै पहिचान भएका पाँच जनाले उपचार गराइरहेका छन् । दुई वर्षअघि प्रति १० हजार जनसङ्ख्यामा एक दशमलव नौ प्रतिशतमा कुष्ठरोग देखिएकोमा अहिले कुष्ठरोगको सङ्क्रमणदर घटेर शूल्य दशमलव.४७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
कार्यक्रममा बेनी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा शङ्कर लामिछानेले कुष्ठरोगको पहिचान समयमै भएर उपचार गरेमा रोग निको हुने र कुष्ठरोगका कारण हुनसक्ने अपाङ्गतालगायतका स्वास्थ्य समस्यासमेत नहुने भएकाले लक्षण देखिएका र पहिचान भएका बिरामीले उपचार गराउनुपर्ने बताए । उनले छदेखि १२ महिनासम्म नियमित औषधि सेवन गरेमा कुष्ठरोगको उपचार हुने भएकाले कुष्ठरोगलाई भेदभाव र लान्छनाको दृष्टिकोणबाट हेर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण