फिल्म ‘किन’ सार्वजनिक
सोमबार, १६ माघ २०७९, ११ : २७
काठमाडौंँ । सट फिल्म ‘किन’ सार्वजनिक भएको छ । विभिन्न फिल्मी फेस्टिबलमा छनोट हुन सफल फिल्म युट्युवमार्फत सार्वजनिक गरिएको हो । प्रेम, सस्पेन्स स्टोरीमा तयार भएको फिल्ममा गणेश उप्रेती, केदार उप्रेती, सन्तोष राम्दम, सिद्धार्थ विश्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवाली लगायतको अभिनय छ ।
सिद्धार्थ विश्वको निर्देशन रहेको फिल्म स्वप्न सुमको स्वर, उत्पल कँडेलको संगीत र सौरभ तिमिल्सिनाको शब्द सुन्न सकिन्छ । निर्देशक विश्वको लेखन तथा सम्पादन रहेको फिल्म अशोक भुजेलले छायांकन गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण