मालपोतबाट ८ जना बिचौलिया पक्राउ
पर्सा । मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२७ उदयपुरघुर्मी बस्ने ३० वर्षीय दीपक कुमार पटेल, सोही महानगरपालिका-२९ अठराहा बस्ने २१ वर्षीय सन्तोष कुमार राउत, सोही महानगरपालिका-१९ बस्ने २२ वर्षीय राज कुमार साह, सोही महानगरपालिका-२५ बस्ने २६ वर्षीय सुशील कुमार साह, सोही महानगरपालिका-२४ बस्ने ४८ वर्षीय शुभनारायण महतो कोईरी, पकाहामैनपुर गाउँपालिका-१ धोरे बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार सहनी, सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय सञ्जय चौहान र बहुदरमाई नगरपालिका-९ बस्ने २८ वर्षीय हरिओम गुप्ता रहेका छन् ।
सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भन्दै प्रचलित कानुन विपरीत अत्यधिक सेवा शुल्क लिई अनावश्यक हैरानी दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
-
बेचन झा केन्द्रीय कारागारबाट छुटे
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका १३ जनाको समकक्षता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण