दलित सहिदको खोजविन गर्न भोक हड्ताल
काठमाडौँ । जनयुद्ध जनआन्दोलनसहित विभिन्न आन्दोलनमा सहिद तथा वेपत्ता पारिएका व्यक्तिको नाममा भोक हड्ताल सुरु गरिएको छ । माघ १६ गते अर्थात सहिद दिवसको अवसर पारेर काठमाडौंको वसन्तपुरमा भोक हड्ताल सुरु गरिएको हो । सहिद दिवसको अवसर पारेर दलित सहितको खोजविन गर्न आजबाट भोक हड्ताल सुरु गरिएको अभियान्ता राजेश विद्रोहीले बताए ।
‘जनयुद्ध जनआन्दोलन सहित विभिन्न आन्दोलनमा सहिद तथा वेपत्ता पारिएका दलित व्यक्तिको खोजविन हुनुपर्यो’ विद्रोहीले भने, ‘ती दलित सहितको नाममा पार्क, स्कुल स्वास्थ्य संस्था लगायत विभिन्न संरचना बनाउनुपर्यो । अरु समुदाय जत्तिकै दलित सहिदलाई स्थान दिनुपर्यो ।’ आन्दोलनमा लागेका सबै समुदायका सहिद बराबर हुने भएकाले सम्मान व्यवहार राज्यले गर्नुपर्ने विद्रोहीले बताए । दलित आन्दोलनसँग सम्बन्धित ८४ बुँदे माग राखिएको छ । बेलुका सहितको सम्झनामा दिप प्रज्वलन समेत गरिने भएको छ । भोक हड्तालमा विद्रोहीसहित खगेन्द्र सुनार बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण