जापानमा हिमपहिरोमा परी दुई पर्यटकको मृत्यु
टोकियो । जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा दुई जना बेपत्ता भएको र पछि उनीहरूलाई बेहोस अवस्थामा हिउँबाट निकालिएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले एएफपीसँग बताएअनुसार उनीहरू एउटै समूहका विदेशी पर्यटक जोडी भएको पुष्टि भएको छ ।
“दुवै पुरुषलाई ‘कार्डियो रेस्पिरेटरी अरेस्ट’ भएको पाइएको छ,” उनले भने । यो चिकित्सकद्वारा मृत्यु भएको पुष्टि गर्नुअघि जापानमा प्रयोग हुने शब्द हो । हिम पहिरोमा परी हराएकामध्ये तीन जनालाई स्की रिसोर्टको गस्ती क्षेत्रबाहिरबाट उद्धार गरिउको थियो । उक्त समूहका अन्य ११ जना पहिरोबाट सामान्य घाइते अवस्थामा आफै सुरक्षितस्थलमा पुगेका बताइएको छ ।
गत हप्ता, नागानोसहित जापानको धेरै भागमा हिम बर्षा हुँदा अधिकांश क्षेत्रमा भारी हिउँले ढाकेको र धेरै विदेशी पर्यटकहरू हिउँ खेल्नलाई ती क्षेत्रमा पुगेको बताइएको छ । उक्त क्षेत्रमा अझैपनि हिम पहिरो र हिमपातको चेतावनी जारी गरिएको छ ।
जापानी माउन्टेन ग्याजेट पत्रिकाका अनुसार नागानोमा आइतबार भएको हिमपहिरोमा परी ३१ वर्षीय पेशेवर अमेरिकी स्की खेलाडी यर काइल स्माइनको मृत्यु भएको थियो ।(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण