कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीका केन्द्रीय कार्यसमिति समिति बैठक अनिश्चितकालाका लागि स्थगित भएपछि आन्तरिक छलफलमा जुटेका छन् । सोमबार अपराह्न बालुवाटारस्थिति नेपाल हाउसमा कांग्रेसका दुई दर्जन बढी केन्द्रीय सदस्यबीच छलफल भएको हो ।
छलफलमा केन्द्रीय सदस्यहरू पुष्पा भुषाल, रणबहादुर रावल, गोबिन्द भट्टराई, मीनबहदुर विक, नैनसिंह महर, शान्ती परियार, कुन्दन काफ्ले , चिनकाजि स्रेष्ठ, अब्दुल सत्तार, सरस्वती तिवारी, योगेन्द्र चौधरी, शान्ति परियार, हरिशरण नेपाली , विद्या तिमिल्सेना, चन्द्र केसी, शुशिला थिंग, रुपा विक, राजिब ढुंगाना, कृष्णकिशोर घिमिरे, गणेश लामा, कर्णबहादुर बुढा, सीता देवकोटा लगायत सहभागी थिए ।
केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार उनीहरुले पार्टीको बृहत्तर हितका लागि भ्रातृ संस्थाहरुको समिति पदाधिकारीसहित ठूलो बनाउने धारणा राखेका थिए । कांग्रेसमा फागुनभित्र पार्टीका भ्रातृ संस्था विस्तार र गठनको तयारी भइरहेको छ । पार्टीका पदाधिकारीहरुले भ्रातृ संस्थामा पदाधिकारी विना कमिटी ल्याउने तयारी थालेका बेला केन्द्रीय सदस्यहरू त्यसको विपक्षमा उभिएका छन् ।
यस्तै केन्द्रीय समितिलाई बाइपास गरेर महत्वका विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन र पदाधिकारीको निर्णय गर्ने अभ्यास रोक्नु सभापतिको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।
पदाधिकारी र कार्यसम्पादनबाट भएका निर्णयमा कांग्रेसले उपब्धी हासिल गर्न नसकेको बैठकले निष्कर्ष निकालेको महरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस सेवाले ल्यायो सुनको हार उपहार योजना, अग्रिम टिकट काट्नेलाई प्राथमिकता
-
देशका २९ जिल्लामा चौँरी पालन, कुन जिल्लामा कति ?
-
पशुपतिमा प्लास्टिकजन्य सामग्री नलैजान अनुरोध
-
चितवन–२ मा सत्ता गठबन्धनको उम्मेदवार जितनारायण
-
ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक
-
क्रिकेट रंगशाला निर्माणका क्रममा उठेको आर्थिक पारदर्शिताको सवाल