डाइच एभर्टनको नयाँ म्यानेजर नियुक्त
सोमबार, १६ माघ २०७९, २१ : ३८
लण्डन । प्रिमियर लिग क्लब एभर्टनले सन डाइचलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । उनले क्लबसँग सन् २०२५ सम्म साढे २ वर्षको करार गरेका छन् । क्लबले गत हप्ता फ्रांक लामपार्डलाई म्यानेजर पदबाट बर्खास्त गरेको थियो । क्लब हाल लिगको अंक तालिकामा १९ औँ स्थानमा रहेको छ । रेलिगेसन जोनबाट क्लब मात्र २ अंक माथि रहेको छ ।
गत अप्रिलमा बर्नलीले बर्खास्त गरेपछि ५१ वर्षीय डाइच कामविहीन रहका थिए । फरहाद मासिरीले सन् २०१६ मा क्लब किनेपछि उनी नियुक्त भएका सातौँ म्यानेजर हुन् । डाइचले फेब्रुअरी ४ मा आर्सनलको आतिथ्य गर्दै क्लबमा म्यानेजरको रूपमा सुरुवात गर्नेछन् । उनले एभर्टनको म्यानेजर बन्न पाउनु गर्वको कुरा भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण