शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डाइच एभर्टनको नयाँ म्यानेजर नियुक्त

सोमबार, १६ माघ २०७९, २१ : ३८
सोमबार, १६ माघ २०७९

लण्डन । प्रिमियर लिग क्लब एभर्टनले सन डाइचलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । उनले क्लबसँग सन् २०२५ सम्म साढे २ वर्षको करार गरेका छन् ।  क्लबले गत हप्ता फ्रांक लामपार्डलाई म्यानेजर पदबाट बर्खास्त गरेको थियो । क्लब हाल लिगको अंक तालिकामा १९ औँ स्थानमा रहेको छ । रेलिगेसन जोनबाट क्लब मात्र २ अंक माथि रहेको छ । 

गत अप्रिलमा बर्नलीले बर्खास्त गरेपछि ५१ वर्षीय डाइच कामविहीन रहका थिए । फरहाद मासिरीले सन् २०१६ मा क्लब किनेपछि उनी नियुक्त भएका सातौँ म्यानेजर हुन् । डाइचले फेब्रुअरी ४ मा आर्सनलको आतिथ्य गर्दै क्लबमा म्यानेजरको रूपमा सुरुवात गर्नेछन् । उनले एभर्टनको म्यानेजर बन्न पाउनु गर्वको कुरा भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप