विधान अधिवेशनको तयारीमा जसपा, बहसमा पहिचानको मुद्दा
जनता समाजवादी पार्टी (जसपा) नेपालको गत पुस १८ र १९ गते सम्पन्न राजनीतिक समितिको बैठकले पार्टीको विधान अधिवेशन गर्ने निर्णय गर्यो । विधान मस्यौदा समितिले अहिले आफ्नो कामलाई तीव्रता दिएको छ ।
विधान अधिवेशन मूलरुपमा पार्टीले उठाएको पहिचानको मुद्दा र साङ्गठनिक संरचनाबारे केन्द्रित हुने समितिले जनाएको छ । जसपाको हालको विधानमा केन्द्रीय, प्रादेशिक र स्थानीय तहका विभिन्न साङ्गठनिक संरचनाहरूको व्यवस्था छ । खासगरी पहिचानमा आधारित लिम्बुवान, किरात, मधेश, शेर्पालुङ, नेवा, ताम्सालिङ, मगरात, तमुवान, थरुहट, खसान र दलित-शिल्पीविशेष (१०+१) राष्ट्रिय समितिहरू र सातवटा प्रदेशस्तरीय संरचना (जसपाले भन्ने गरेको प्रशासनिक संरचना) बीच शक्तिको बाँडफाँट र अधिकार क्षेत्रका बारेमा नेताहरुबीच फरक धारणा छन् ।
यी दुई खाले संरचनामध्ये राजकीय मामलामा हाल जसपाले प्रदेशस्तरीय समितिलाई कार्यकारी र पहिचानमा आधारित राष्ट्रिय समितिलाई समन्वयकारी हैसियत प्रदान गरेको छ । समग्रमा पहिचानको मुद्दाबारे पुनर्विचार गरौँ भन्ने आवाज पार्टीभित्र उठ्न थालेको छ । यस अर्थमा पहिचानको मुद्दा जसपाको विधान अधिवेशनको पेचिलो विषय बन्ने देखिन्छ ।
पार्टीले चैत्रसम्ममा विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागहरुले अभिलेख सङ्कलनको कामलाई तीव्रता दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण