शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

मङ्गलबार, १७ माघ २०७९, ०९ : २९
मङ्गलबार, १७ माघ २०७९

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डिपि ढकाललाई नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले ढकाललाई मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । 

भक्तपुर निवासी ढकाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने पार्टीको अर्थ तथा योजना विभाग सदस्य समेत हुन् । अर्थ तथा राजनीतिका क्षेत्रको जानकार ढकालले थुप्रै पुस्तक लेखेका छन् । उनले हालै 'समाजवाद र नेपाल' नामक पुस्तक सार्वजनिक गरेका छन् भने हालसम्म उनका ६ वटा पुस्तक प्रकाशित भइसकेका छन् । ढकालसंग यसअघि अर्थमन्त्रीको प्रमुख स्वकीय सचिव भएर काम गरेको अनुभवसमेत छ । 

माओवादीको केन्द्रीय घोषणा पत्र लेखन समितिका सदस्य भएर काम गरेका ढकालले जनयुद्धमा जेल जीवन र यातनासमेत भोगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप