मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त
मङ्गलबार, १७ माघ २०७९, ०९ : २९
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डिपि ढकाललाई नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले ढकाललाई मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको हो ।
भक्तपुर निवासी ढकाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने पार्टीको अर्थ तथा योजना विभाग सदस्य समेत हुन् । अर्थ तथा राजनीतिका क्षेत्रको जानकार ढकालले थुप्रै पुस्तक लेखेका छन् । उनले हालै 'समाजवाद र नेपाल' नामक पुस्तक सार्वजनिक गरेका छन् भने हालसम्म उनका ६ वटा पुस्तक प्रकाशित भइसकेका छन् । ढकालसंग यसअघि अर्थमन्त्रीको प्रमुख स्वकीय सचिव भएर काम गरेको अनुभवसमेत छ ।
माओवादीको केन्द्रीय घोषणा पत्र लेखन समितिका सदस्य भएर काम गरेका ढकालले जनयुद्धमा जेल जीवन र यातनासमेत भोगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण