बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चितुवाको छालासहित एक जना पक्राउ

मङ्गलबार, १७ माघ २०७९, १० : ०५
मङ्गलबार, १७ माघ २०७९

पाल्पा । पाल्पामा चितुवाको छालासहित एक पुरुष पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा–२, दीगस्थित ३८ वर्षीय सोमानसिंह खत्रीलाई चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको हो ।

चितुवाको छाला घरमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 

खत्रीको साथबाट छ फिट दुई इन्च लामो र छातीको भाग तीन फिट चौडाइ भएको चितुवाको छाला बरामद गरिएको थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप