‘पठान’ हिट भएपनि रोइन् दीपिका
मुम्बई । शाहरुख खान र दीपिका पादुकोण अभिनीत ‘पठान’ गत २५ जनवरीमा रिलिज भएको हो । रिलिजको समयदेखि नै फिल्मले राम्रो कमाई गरिरहेको छ ।
फिल्मको सफलतामा दीपिका भने रोएकी छन् । फिल्मको सफलताको उत्सव मनाउन मुम्बईको एक होटलमा आयोजित कार्यक्रममा फ्यानको माया देखेर उनको आँखा रसाएका छन् । कार्यक्रममा उनले सम्पूर्ण फ्यानलाई धन्यवाद दिँदै फिल्म सफलताले अभिनेत्रीलाई फाइदा हुने बताइन् ।
दीपिकाको ५ वर्षपछि फिल्म हिट भएको हो । यस अगाडि उनको ‘पद्यावत’ हिट भएको थियो । दीपिकाको ‘पद्यावत’ पनि २०१८ मा २५ जनवरीमै रिलिज भएको थियो । यस हिसावले पनि उनको लागि २५ जनवरी लक्की समेत साबित भएको छ । सफलताको उत्सव कार्यक्रममा शाहरुख र दीपिकाको अलवा जोन अब्राहम र फिल्मका निर्देशक सिद्धार्थ आनन्द सहभागी थिए ।
शाहरुख र दीपिकालेसँगै अहिलेसम्म ‘ओम शान्ति ओम’, ‘चेन्नई एक्सप्रेस’, ‘ह्यापी न्यु इयर’ र ‘पठान’ काम गरेका छन् ।
‘शाहरुख खानसँग काम गर्नु रोचक अनुभव भएको छ । हाम्रो केमेस्ट्री सबै फिल्ममा राम्रो मानिएको छ’ दीपिकाले अगाडि भनिन्, ‘उहाँसँग काम गर्दा मलाई फरक आत्मविश्वास मिल्छ । यसले हाम्रो सम्बन्ध अझ विशेष बनाउँछ ।’ उनले शाहरुखले आफ्नो फिल्म ‘ओम शान्ति ओम’मा मौका नदिएको भए आफ्नो बलिउड यात्रा यहाँसम्म नहुने भनाई समेत राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण