दैलेखमा हाईस दुर्घटना, ७ जना घाइते
मङ्गलबार, १७ माघ २०७९, १८ : ०४

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत पश्चिम दैलेखको पालेतडामा हाईस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा ७ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्षतिको थप विवरण आउन बाँकी रहेको छ ।
रामाघाट र पालेतडा बजारको बीच भागमा कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट ८० मिटर तल खसेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार गाडीमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा घाइतेहरुको उद्धार कार्य भइरहेको र पालेतडास्थिती शाही मेडेकल हलमा उपचार भइरहेको उनले बताए । गाडी सुर्खेतबाट कालिकोटतर्फ जाँदै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'
-
डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
-
मदन-आश्रितको स्मरण गर्दै ओली भन्छन्– जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो
-
‘पाक समर्थक’ र ‘गद्दार’ भन्दै असममा धमाधम आलोचक र पत्रकार पक्राउ गरिँदै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी