परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौँ । परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसमा अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुने भएकी छन्।
उनी आफ्ना श्रीलङ्काली समकक्षी अली साब्रीको निमन्त्रणमा कोलोम्बोमा यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने समारोहमा सम्मानित अतिथिको रुपमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चौकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा सहभागी हुने कार्यक्रम छ ।
यसैगरी उनी माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछिन् ।
परराष्ट्रमन्त्री डा पौड्याल माघ २० तारिख कोलम्बो प्रस्थान गर्ने र माघ २५ गते काठमाडौँ फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनप्रतिनिधिहरुले पनि मिटरब्याजी पीडितहरुको समस्यालाई नकार्ने गरेका छन्’
-
एकपछि अर्को गर्दै राजावादीलाई भेट्दै पूर्वराजा ज्ञानेन्द्र शाह
-
ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न
-
पन्तको गुनासो, ‘प्रधानमन्त्री रमाउँदै, हल्लिँदै संसद् आउनुहुन्छ’
-
सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो
-
तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने एकीकृत समाजवादीको निर्णय