शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्धको फुलबारीमा आगलागी, हस्तकलाको सामान क्षति

बुधबार, १८ माघ २०७९, ११ : ४४
बुधबार, १८ माघ २०७९

काठमाडौँ । बौद्धस्थित फुलबारीमा आगो लागेको छ । गएराति साढे १० बजेतिर ह्याण्डीक्राफ्ट बनाउने टहरामा लागेको आगो सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । ७ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगलागीबाट ह्याण्डीक्राफ्टको सामान जलेको छ । तत्काल उद्दार गरेर प्रहरीले मानवीय क्षति हुनबाट रोकेको छ । हस्तकलाका सामान बनाउन प्रयोग गरिने धागो ठुलो परिमाणमा जलेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप