बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राजीनामा माग्ने प्रकृया क्यानलाई निलम्बनमा लैजान खोज्नु हो : अध्यक्ष चन्द

बुधबार, १८ माघ २०७९, १३ : ४२
बुधबार, १८ माघ २०७९

पोखरा । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आफ्नो राजीनामा मागेर निलम्बनको बाटोमा लैजान खोजिएको बताएका छन् । अध्यक्ष चन्दले  राजीनामा माग्ने बाटो साधरणसभा मार्फत विधानअनुसार अगाडि बढनुपर्नेमा उल्टो बाटो रोजिएको बताएका हुन् । पोखरामा मंगलबार भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकपछि बुधबार पत्रकार सम्मेलनमा बोल्दै चन्दले यस्तो बताएका हुन् । 

‘राजीनामाको बाटो निरुपण साधारणसभा हो । अनावश्यक दबाब जसको जनमत छैन उहाँहरुले दिनुभएको हो । उहाँहरुले कति क्रिकेटलाई सहयोग गर्नुभएको छ,‘ उनले भने, ‘निकम्माहरुको  साथ कसैले दिन्छ भन्ने मलाई लाग्दैन । म विधान अनुसार चल्छु । उहाँहरुले राजीनामा माग्नुभन्दा महत्वपूर्ण साधरणसभा हो ।’  अध्यक्ष चन्दले ‘अरली इलेक्सन’ गर्ने आफूले घोषणा गरेको बताए । पोखरामा बसेका क्यानको बोर्ड बैठकमा ७ जना केन्द्रीय सदस्यले नेपाल टी–२० लिगको विषयलाई लिएर अध्यक्ष चन्दको राजीनामा मागेका थिए ।

अध्यक्ष लगायत कार्य सम्पादन समितिका सदस्यहरुको राजीनामा माग गर्दै बैठक बहिष्कार गरेका थिए । केन्द्रीय सदस्यहर ऋषिराम गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले अध्यक्षको राजीनामा गरेर बैठक बहिष्कार गरेका थिए ।

बैठकले नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने माथिको निलम्बन फुकुवा भएको गर्ने निर्णय गरेको छ । बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । निलम्बनमा परेका सन्दीप पाँच महिनापछि फेरि राष्ट्रिय टीमबाट क्रिकेट खेल्न योग्य भएका छन् । 

बैठकले  सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ । पुरुषतर्फ ग्रेड एमा ५, ग्रेड बीमा ३ र ग्रेड सीमा १० जना  छन् । पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई बी ग्रेडमा झारिएको छ भने अर्का पूर्वकप्तान सन्दीप लामिछानेलाई समेटिएको छैन ।
यस्ता छन् निर्णय : 

nnn

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप