प्रतिनिधिसभा बैठक : सांसदले उठाए सडक स्तरोन्नतिको विषय
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशकौं वितिसक्दा पनि हाल जीर्ण अवस्थामा रहेकाले स्तरोन्नति गर्नका लागि माग गरिन् । सांसद अम्मरबहादुर थापाले कर्णाली राजमार्ग साँघुरो भएका कारण दुर्घटना बढेको बताउँदै दुईतर्फी सवारीसाधन चलाउन मिल्ने गरी निर्माण गर्न सरकारसँग आग्रह गरिन् ।
सांसद ईश्वरी घर्तीले रोल्पामा पर्यटन र अन्य विकासभन्दा सबैभन्दा पहिला सुरक्षित सडक निर्माणको आवश्यकता औँल्याइन् । सांसद छिरिङ डम्डुल लामा (भोटे) ले पनि जीर्ण सडकको मर्मत तथा स्तरोन्तिका लागि आग्रह गरे । सांसद अच्युतप्रसाद मैनालीले देशभरिका पुलको अवस्था कमजोर रहेकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै समयमै मर्मतका लागि आग्रह गरिन् ।
सांसद डा अमरेशकुमार सिंहले देशको विभिन्न भागमा आत्महत्या गर्ने क्रम बढिरहेको सन्दर्भमा उच्चस्तरीय न्यायिक समिति गठन गरी सो नदोहोरिने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद अम्बिका बस्नेतले गएराति काठमाडौँ वडा नं ६ मा आगलागीका कारण करोडौंको क्षति भएको जानकारी गराउँदै उचित क्षतिपूर्ति र राहतका लागि सरकारको ध्यानाकर्षण गराइन् । सांसद अमृतलाल राजवंशीले सुकुम्बासीको समस्या गम्भीर हुँदै गएको सन्दर्भमा भूमि आयोगको काम प्रभावकारी रुपमा अघि बढाउन माग गरे । सांसद अमृतादेवी अग्रहरिले संसद्लाई राष्ट्र समृद्धिको चिन्तन गर्नुपर्ने थलोका रुपमा विकास गर्नुपर्ने उल्लेख गरिन् ।
सांसद अर्जुननरसिंह केसीले देशमा भ्रष्टाचारको कहालीलाग्दो अवस्था देखिएको बताउँदै ठेक्कापट्टामा देखिएको सिन्डिकेटलाई हटाउन माग गरे । सांसद अशोककुमार चौधरीले इटहरी अस्पतालमा सम्बन्धित विज्ञ चिकित्सकको कमी भएकाले जनताले उपचारमा दुःख पाइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद इश्वरबहादुर रिजालले दोलखामा बाँदरको आतङ्कले कृषिमा आत्मनिर्भर हुन अग्रसर किसान उठिबासको अवस्था पुगेको जानकारी गराए । उनले तत्काल सो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद डा चन्द्रकान्त भण्डारीले गुल्मीमा बाँदरले बालीनाली नष्ट गरेर किसानलाई दुःख दिइरहेको जानकारी गराउँदै समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद ईश्वरीदेवी न्यौपानेले पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै रोकथाम गर्नका लागि सरकारसँग आग्रह गरिन् ।
सांसदद्वय उर्मिला माझी र एकनाथ ढकालले सङ्क्रमणकालीन न्यायलाई छिट्टो निष्कर्षमा पु¥याउन माग गर्दै उक्त विषय उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद ऐनबहादुर शाही ठकुरीले मुगुमा बाढीपहिरोका कारण भौतिक संरचना र मानवीय क्षति भएको जानकारी गराउँदै पीडितलाई राहत र क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए । उनले पीडितको अवस्था दयनीय भएको र त्यहाँ बिजुली, सडक, पुल, खानेपानीको अभाव भएको जानकारी गराए । सांसद कान्तिका सेजुवालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारीका लागि आर्थिक अभावका कारण आवासको व्यवस्था हुन नसकेको जानकारी गराए ।
सांसद गगन थापाले बैंकको ऋर्णले थिचिएका साना किसानलाई नियमअनुसार पाउने अनुदान र सहुलियत तत्काल उपलब्ध गराउन सरकारसँग माग गरे । सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम पश्चिममा ठेक्का भएको पुल समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद जीवन परियारले यती एयरको विमान दुर्घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण