बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

संसदमा रघुजी पन्त र शक्ति बस्नेतको भनाइविरुद्ध ज्ञानेन्द्र शाहीको नियमापत्ति

बुधबार, १८ माघ २०७९, १४ : ५९
बुधबार, १८ माघ २०७९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतको भनाई प्रति नियमापत्ति जनाएका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद रघुजी पन्तले सहरी विकास मन्त्री विक्रम पाण्डेले चितवनमा आफ्नो दलले संघीयता र धर्मनिरपेक्ष नस्वीकार्ने बताएको भन्दै आपत्ति जनाएका थिए । उनले वर्तमान संविधानअनुसार सांसद मन्त्री बन्ने र त्यही संविधान नस्वीकार्ने मन्त्रीको भनाई व्यवस्था विरोधी रहेको बताए । उनले संविधानको व्यवस्थाबारे प्रधानमन्त्री र मन्त्रीको भनाई फरक फरक रहेको समेत टिप्पणी गर्दै धर्म निरपेक्षता लागू गरेका कारण क्रिश्चियन धर्म नबढेको पनि दावी गरे । 

यस्तै सांसद शक्ति बस्नेतले व्यवस्था बदलियो अवस्था बदलिएन भनेर भाष्य बनाउन खोजिएको भन्दै व्यवस्था समस्याको कारण नभएको बताए । उनले सङ्घीयताको बोध गर्न सुदूरपश्चिम पुग्नुपर्ने, पहाडमा पुग्नुपर्ने बताउँदै राजधानीमा बसेर सङ्घीयताको बोध गर्न नसकिने बताएका थिए ।  सांसद पन्त र बस्नेतले राखेको विषयमा आपत्ति जनाउँदै सांसद शाहीले संविधान बनाउने बेलामा संघीयता चाहिन्छ कि चाहिँदैन ? धर्मनिरपेक्षता चाहिन्छ कि चाहिँदैन भनेर जनताबाट संकलन गरिएको जनमत आज किन सार्वजनिक गरिएन भन्दै प्रश्न गरे । 

उनले नेपालको संविधानको धारा २७४ नम्बरमा नेपालको केही विशेष कुराहरू परिवर्तन गर्न नसकिने उल्लेख गरेको बताउँदै गणतन्त्र चाहिन्छ कि चाहिँदैन भन्ने कुरा यही संसदबाट निर्णय गर्न सकिने बताए ।  उनले सांसद पन्तले हिन्दु धर्मको कुरा गर्दै भारतको नाम लिएको बताउँदै राम सीता नेपाली भूमिकै भएको, ऋषिमुनीहरुले बेद नेपालमै रचना गरेको टिप्पणी गरे ।  उनले संसदमा आस्तिक र आस्तिकको कुरा ल्याउन आवश्यक नभएको भन्दै उनीहरूको कुरा फिर्ता लिन आग्रह गर्दै नियमापत्ति प्रकट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप