संसदमा धवलशमशेर राणा : राजासहितको हिन्दु राष्ट्र स्थापना गर्न आएका छौँ, संविधानले रोक्न सक्दैन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले राजासहितको प्रजातन्त्र स्थापना गर्ने लक्ष्य लिएर संसदमा आएको बताएका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नेपालको शिक्षा प्रणाली र कर्मचारीतन्त्र राजनीतिग्रस्त भएकोले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए ।
उनले पूर्व वक्ता सांसदहरूले राप्रपामाथि प्रहार गरेको बताउँदै भने– ‘मैले पार्टीको कुरा नगर्ने बिचार गरेको थिएँ तर माननीयज्यूले प्रहार गर्नुभयो । यो कुरा सत्य हो राप्रपा पार्टी सानो होला तर हामी नेपाली जनताको मनमा भिजेका छौँ । हामी नेपालमा फेरि सनातन हिन्दु राष्ट्र कायम गर्न आएका छौँ । हामी फेरि राजा सहितको प्रजातन्त्र स्थापना गर्न आएका छौँ र त्यो कुरा संविधानले रोक्दैन । संविधानमा यो अपरिवर्तनीय बुँदा भनिएको छैन । हामीले बोल्न पाउनुपर्छ हामी बोल्छौँ र त्यो हामी समयमा कार्यान्वयन गर्छौ । त्यसको मतलब यो होइन कि हामी संविधानलाई मान्दैनौँ, व्यवस्थालाई मान्दैनौँ । नमान्ने भएको भए हामी जङ्गल जान्थ्यौँ । बन्दुक उठाउँथ्यौँ । यही संविधान र व्यवस्थाभित्र बसेर यो संविधानलाई हामीले बोकेको मूल्य र मान्यताभित्र बसेर परिवर्तन गर्न जनताले भोट दिएर हामी आएका छौँ । हामीलाई यो संसदभित्र हेप्ने काम नहोस् ।’
उनले सुकुम्बासीहरुलाई राजनीति गर्ने माध्यम नबनाई सुकुम्वासीहरूको पहिचान गरी सधैँका लागि सो समस्या समाधान गर्नका लागि पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा