अदालतमा प्रतिकुल बकपत्र गरेको आरोपमा साक्षीविरुद्ध मुद्दा दायर
काठमाडौँ । घुस लिएर भ्रष्टाचार गरेको मुद्दामा प्रतिकुल बकपत्र गरेको भन्दै अख्तियारले साक्षी विरुद्ध पनि मुद्दा दायर गरेको छ । बुधवार भावना महतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सह सचिव) श्यामप्रसाद भण्डारीले रातोपाटीलाई बताए ।
मालपोत कार्यालय ताप्लेजुङका तत्कालीन अधिकृत लेखा पनेरु महतको मुद्दामा भावनाले अख्तियारमा गरेको बयानको प्रतिकुल हुने गरी बकपत्र गरेको आरोप छ ।
आयोगले १ लाख ५० हजार सहित लेखा पनेरु महतलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । घुस बापतको रकम भावनाले राखिदिएको आयोगले गरेको अनुसन्धानबाट थाहा भएको छ । सुरुवाती मुद्दामा भावनालाई सजाय छुट दिएर मुद्दा अघि बढाए पनि प्रतिकूल बकपत्र दिएपछि उनी विरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिए । आयोगले भावनासँग पनि १ लाख ५० हजार बिगो मागदावी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण