शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अदालतमा प्रतिकुल बकपत्र गरेको आरोपमा साक्षीविरुद्ध मुद्दा दायर

बुधबार, १८ माघ २०७९, १७ : १४
बुधबार, १८ माघ २०७९

काठमाडौँ । घुस लिएर भ्रष्टाचार गरेको मुद्दामा प्रतिकुल बकपत्र गरेको भन्दै अख्तियारले साक्षी विरुद्ध पनि मुद्दा दायर गरेको छ । बुधवार भावना महतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सह सचिव) श्यामप्रसाद भण्डारीले रातोपाटीलाई बताए ।

मालपोत कार्यालय ताप्लेजुङका तत्कालीन अधिकृत लेखा पनेरु महतको मुद्दामा भावनाले अख्तियारमा गरेको बयानको प्रतिकुल हुने गरी बकपत्र गरेको आरोप छ ।

आयोगले १ लाख ५० हजार सहित लेखा पनेरु महतलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । घुस बापतको रकम भावनाले राखिदिएको आयोगले गरेको अनुसन्धानबाट थाहा भएको छ । सुरुवाती मुद्दामा भावनालाई सजाय छुट दिएर मुद्दा अघि बढाए पनि प्रतिकूल बकपत्र दिएपछि उनी विरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिए । आयोगले भावनासँग पनि १ लाख ५० हजार बिगो मागदावी लिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप