यस्तो हुनेछ परराष्ट्रमन्त्री पौड्यालको श्रीलंका भ्रमणको कार्यतालिका

काठमाडौं । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन परराष्ट्रमन्त्री विमला राई पौड्याल बिहीबार कोलम्बो जाँदै छिन् । विदेशमन्त्री एमयूएम अली सब्रिलेको निम्तोमा परराष्ट्र मन्त्री पौड्याल श्रीलंका भ्रमणमा जान लागेकी हुन् ।
उनको यो पहिलो विदेश भ्रमणमा हुनेछ । आफ्नो भ्रमणको बारेमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको छ ।
परराष्ट्र मन्त्रालयले उनको भ्रमणको कार्यतालिका तयार पारेको छ । भ्रमणको क्रममा राजनीतिक भेटघाट गर्नुका साथै महत्वपूर्ण अवसरहरुमा सहभागी हुने कार्यक्रम छ ।
२ फेब्रअरीमा गएर ३ फेब्रअरीदेखि उनको कार्यक्रम सुरु हुनेछ । ३ तारिखमा पहिलो पटक आफ्ना समकक्षी सब्रिलेसँग भेटवार्ता हुने कार्यतालिका छ । भेटपछि स्वागत लञ्चको कार्यक्रम हुनेछ । जसमा मन्त्री पौडेलसहित सबै सहभागी विदेशमन्त्रीहरुको सहभागिता रहनेछ ।
त्यसपछि ३ तारिखकै दिउँसो श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणावर्धनेसँग शिष्टाचार भेट हुनेछ । बेलुका स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछिन् ।
४ तारिखको बिहान श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी हुनेछिन् । त्यो दिनको मुख्य कार्यक्रम सकिएपछि दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट हुनेछ ।
स्वतन्त्रता दिवसको राति राष्ट्रपति रणिलले रात्रि भोजको आयोजना गरेका छन् । राष्ट्रपति भवनमा आयोजित भोज कार्यक्रममा मन्त्री पौडेल पनि सहभागी हुनेछिन् । त्यो बीचमा दक्षिण एसियाली राष्ट्रबाट सहभागी विदेशमन्त्रीहरुसँग भेटवार्ता गर्ने तयारी पनि भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो
-
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टि–२० सिरिजका लागि नेपाली टिमको बिदाइ (तस्बिरहरु)
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
-
मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ
-
आन्तरिक उडान गर्ने हवाई जहाजले यात्रुलाई भेडा बाख्राजस्तो व्यवहार गरे : महेश बस्नेत
-
मखनमा ग्याँस विस्फोटबाट आगलागी, मृतक महिला नाङ्लो पसले