शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालय धनुषाबाट एकजना बिचौलिया पक्राउ

बुधबार, १८ माघ २०७९, २० : ०६
बुधबार, १८ माघ २०७९

जनकपुरधाम । धनुषा प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक जना बिचौलियालाई पक्राउ गरेको छ । 

बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगरका ६० वर्षीय राम नारायण साहलाई पक्राउ गरेको हो । 

सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने र दिने कार्यमा बाधा पु¥याई उनीहरुसँग बार्गेनिङ गरी छिटो छरितो काम गरिदिने भनी आश्वासन दिएर ठगेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्रीले बताए । 

पक्राउ गरिएका साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप