राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट
बुधबार, १८ माघ २०७९, २१ : ०७
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।
संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणले बुधबार रिट दायर गरेका हुन् ।
निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्दा कानुनको उल्लङ्घन भएको उल्लेख छ ।
रिट निवेदनमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ ले कार्यकाल सकिनुभन्दा एक महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरे पनि आयोगबाट त्यसको अवज्ञा भएको उल्लेख छ ।
आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते गर्ने उपराष्ट्रपतिका निर्वाचन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासको विरोधाभास : चिल्लो सडक, रित्तो गाउँ
-
बजेट जनमुखी, गरिबमुखी र नीतिमा आधारित छ : मुख्यमन्त्री बानियाँ
-
डेढ करोड नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याएको भन्दै एमालेको असन्तुष्टि
-
प्रतिष्ठानका पदाधिकारी नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाउन विधेयक ल्याइएको हो : स्वास्थ्य मन्त्री
-
भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो
-
स्वास्थ्य प्रतिष्ठानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण