बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

थाती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालको निर्देशन

बुधबार, १८ माघ २०७९, २१ : ५२
बुधबार, १८ माघ २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो मन्त्रालयमा थाती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री दाहालले गत माघ १६ गते सोमबार सम्पन्न मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई सो निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जानकारी दिए । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले संसदलाई बिजनेश दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पारे ।

मन्त्री किरातीले सो सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मन्त्री र मन्त्रालयका सचिवहरुबीच छलफल गरिएको बताए । उनले भने, ‘भर्खरै हामीले सम्पन्न गरेको क्याबिनेट बैठकमा संसदलाई विजनेश दिने सन्दर्भमा आ आफ्नो मन्त्रालयमा परेको विधेयकलाई तपाईहरुले छिटोभन्दा छिटो पठाउनु भनेर प्रधानमन्त्रीले निर्देशन गर्नु भएको छ । त्यसमा हामी सबै लागि राखेका छौं । आज पनि हाम्रो प्रधानमन्त्री कार्यालयमा खासखास मन्त्रालय र मन्त्रालयका सचिवहरुको बैठक बसेर सो विषयमा छलफल गरिएको छ । रोकिएको विधेयकलाई छिट्टै अघि बढाउनुहोस भन्नु भएको छ ।’

मन्त्री किरातीले संसदलाई विजनेश समेत दिनुपर्ने भएकाले सबै मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयमा थाति रहेका विधेयकहरुलाई अघि बढाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप