दोलखाको कटुवाचौर बजारमा आगलागी, ९ घर जलेर नष्ट
दोलखा । दोलखाको कटुवाचौर बजारमा आगलागी ९ घर जलेर नष्ट भएको छ । गएराति कालिन्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागीमा परी ९ घर जलेर पुर्णरुपमा नष्ट भएको कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए ।
आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दाहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी, राम बहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
रुद्र बहादुर ओलीको घरबाट आगलागी सुरु भएको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको आशङ्का गरिए पनि आगलागीको यकिन कारण खुल्न सकेको छैन । सदरमुकाम चरिकोटबाट खटिएको प्रहरी सशस्त्र, दमकल सहितको टोली आगो नियन्त्रण गर्न समेत पुगेको छ । स्थानीयका अनुसार आगलागीका कारण लाखौँको क्षति हुनुमा साथै पशु चौपाया पनि मरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण