दोलखाको कटुवाचौर बजारमा आगलागी, ९ घर जलेर नष्ट

दोलखा । दोलखाको कटुवाचौर बजारमा आगलागी ९ घर जलेर नष्ट भएको छ । गएराति कालिन्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागीमा परी ९ घर जलेर पुर्णरुपमा नष्ट भएको कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए ।
आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दाहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी, राम बहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
रुद्र बहादुर ओलीको घरबाट आगलागी सुरु भएको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको आशङ्का गरिए पनि आगलागीको यकिन कारण खुल्न सकेको छैन । सदरमुकाम चरिकोटबाट खटिएको प्रहरी सशस्त्र, दमकल सहितको टोली आगो नियन्त्रण गर्न समेत पुगेको छ । स्थानीयका अनुसार आगलागीका कारण लाखौँको क्षति हुनुमा साथै पशु चौपाया पनि मरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता
-
विपक्षी फकाउँदै मुख्यमन्त्री कार्की