दोलखा आगलागी पीडितलाई राहत र उद्दार गर्न माग
बिहीबार, १९ माघ २०७९, ११ : ५१
काठमाडौँ । दोलखाका समानुपातिक सांसद ईश्वरबहादुर रिजालले कालिञ्चोक गाउँपालिका वडा नं. ९ कटुवाचौर बजारमा भएको भीषण आगलागीबाट पीडितहरुलाई तत्काल राहत र उद्दारको व्यवस्था गर्न माग गरेका छन् । सांसद रिजालले बिहीबार विज्ञप्ति जारी गर्दै घटनामा मानवीय क्षति नभएपनि ९ घर जलेर नष्ट भएको तथा घरमा र डेरामा व्यापार गर्ने १५ परिवारको पसल एवं पशुधनसमेत जलेको बताएका छन् ।
‘क्षतिको एकिन विवरण आइनसके तापनि करिब १६,१७ करोडको नोक्सान भएको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय चरिकोटबाट प्रहरीहरू गई आगलागी नियन्त्रणमा लिने कार्य भएको छ’, रिजालले विज्ञप्तिमा भनेका छन्, ‘तत्काल राहत तथा उद्धारका लागि नेपाल संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहलगायत सरोकारवाला सबै संघ सस्थाको ध्यानाकर्षण गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण