माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : रास्वपा सरकारबाट बाहिरिने अवस्था छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने स्थिति बनेको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताएका हुन् ।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारबाटै बाहिरिने स्थिति छ’, प्रचण्डकाे बैठकमा भनाइ उदृत गर्दै एक नेताले भने । आज धेरै छलफल गर्न सक्ने अवस्था नरहेकाले बैठक लामो नगर्न प्रचण्डले भनेपछि केहीबेर बसेर भोलिका लागि अर्को बैठक तय गरिएको एक नेताले जानकारी दिए । बैठक शुक्रबार दिउँसो पुनः बस्नेछ ।
गृह मन्त्रालय नपाउने भएपछि रास्वपा सरकारसँग चिढिएको छ । प्रचण्डले रविको मुद्दा टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आएका छन् । प्रचण्डको अडानपछि सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिन रास्वपाको बैठक पनि बिहीबार बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण