फष्टलुकमा यस्तो देखियो अरुण र सृष्टि ‘प्रेमा’
काठमाडौँ । गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’ को फस्टलुक सार्वजनिक भएको छ ।
१७ चैत्रलाई रिलिज मिति सार्वजनिक गर्दै निर्माण युनिटले फिल्मको केही पोष्टर फष्टलुकको रूपमा सार्वजनिक गरेको हो ।
सार्वबाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्मित फिल्मको फस्टलुकमा मुख्य कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठ लगायतले प्राथमिकता पाएका छन् । पोस्टरमा अरुण र शुभेक्क्षा तथा सृष्टि र अरुणलाई रोमान्टिक भावमा देखाइएको छ ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको ‘प्रेमा’ निर्देशक भण्डारीको डेब्यू फिल्म हो । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को अभिनय छ ।
सामर्थ विक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत छ । फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्न लागेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण