श्रीकाली चौरबाट सुरु भयो ‘नम्बरी सुन’काे छायाङ्कन
काठमाडौँ । राजु गिरीको निर्देशन रहने फिल्म ‘नम्बरी सुन’को छायाङ्कन सुरु भएको छ । शुक्रबार ललितपुरको श्रीकाली चौरस्थित मन्दिरमा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । फिल्ममा रहने एक गीतबाट फिल्मको सुटिङ सुरु निर्देशक गिरीले बताए ।
नारायण खातीको कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, सङ्गीता शर्मा, आशा भारती र अनिता गिरी लगायतका कलाकारको अभिनय रहनेछ ।
सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने फिल्म काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बालकालकारको पनि अभिनय रहनेछ । शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको फिल्म सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दै छन् ।
नम्बरी सुनमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछाने नृत्य, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्धन्द्व रहने छ । काठमाडौँ, लमजुङ र मनाङमा फिल्मको छायाङ्कन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण