बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल ४ दिनदेखि आइसियुमा

शुक्रबार, २० माघ २०७९, ११ : ११
शुक्रबार, २० माघ २०७९

काठमाडौँ । पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा छन् । मङ्गलवारदेखि कटवाललाई आइसियुमा राखेर उपचार भइरहेको सैनिक प्रवक्ता (सहायक रथी) कृष्णप्रसाद भण्डारीले रातोपाटीलाई बताए ।

मिर्गौलाको समस्याका कारण उनले नियमित डायलासीस गराउँदै आएका थिए । डायलासीसको क्रममा भर्ना गर्नुपर्ने देखिएपछि चिकित्सकहरूले उनलाई अस्पतालमै राख्ने निर्णय गरेका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले २०६५ मा उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । दाहाल सरकारले बर्खास्तको निर्णय गरेपनि तत्कालीन राष्ट्रपति यादवले पुनर्बहाली गरेसँगै उनी सेनाको नेतृत्वमा आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप