फेरि सर्यो माओवादी बैठक
शुक्रबार, २० माघ २०७९, १६ : ५०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । आज ३ बजे बस्ने भनिएको बैठक भोलि शनिवार १ बजे बस्नेगरी बैठक सरेको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालले बताए ।
गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने संकेत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बैठक बैठक बस्न नपाउँदै स्थगित गरेका थिए । रबि लामिछाने नेतृत्वको पार्टीले आज र भोलिसम्म गृह मन्त्रालय टुंगो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटना : ९ अमेरिकी सैनिकको मृत्यु
-
दलका प्रमुख सचेतकहरु भन्छन्– राजनीतिक ‘अस्त्र’ बनाएका कारण नागरिकता विधेयक अघि बढ्न सकेन
-
सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु
-
सरकार र मिटरब्याज पीडितबीच भोलि वार्ता हुने
-
मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा दुई जनाको मृत्यु
-
न्यायिक समिति राष्ट्रिय सम्मेलनबाट ११ बुँदे न्यायिक समिति काठमाडौँ घोषणापत्र जारी