साताको कारोबार : सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दा ९ किलो अवैध सुन बरामद

काठमाडौँ । सुन बजारमा यो साता काण्ड नै काण्ड मच्चिएको छ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्नेदेखि ९ किलो अवैध सुन नेपाल भित्रँदै गर्दा बरामद हुनेसम्मका घटना यहीँ साता घटेका छन् । अझ रमाइलो घटना त के छ भने जुन दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्यो सोही दिन मूलक भित्रिँदै गरेको ९ किलो अवैध सुन त्रिभुवन विमानस्थलमा समातियो । ९ किलो सुनको मूल्यलाई जोडेर बजारमा चर्चा चल्यो ।
बिहीबार सुनको मूल्यले आफ्नै रेकर्ड तोड्दै प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड राखेको थियो । सोही दिन भित्रिएको ९ किलो सुनलाई सोही मूल्यसँग गणना गर्दा ८ करोड २९ लाख रुपैयाँ बराबरको सुन आयात भएको देखिन्छ । यद्यपि, उक्त सुन त्रिभुवन विमानस्थल अध्यागमन विभागले जफत गरेको छ ।
संयुक्त अरब इमिरेट्सको फ्लाई दुबईमार्फत क्यानडियन नागरिकले भित्र्याउँदै गरेको उक्त सुनसहित भरिया पक्राउ परिसकेको छ भने उक्र घटनामाथि छानबिन सुरु भएको छ ।
सुनचाँदीको मूल्यमा उतारचढाव
यो साता कूल परिणाममा सुनचाँदीको मूल्यमा त्यति धेरै परिवर्तन नभए पनि मूल्यमा उतारचढाव भने भएको छ । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड राख्दै गर्दा बिहीबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो भने, दोस्रो दिन पुनः १४ सय रुपैयाँले घट्दै १ लाख ६ हजार एक सय रुपैयाँमा झरेको छ ।
आइतबार तोलाको १ लाख ६ हजार रुपैयाँको मूल्यबाट सुरु भएको सुन बजारको यात्रा शुक्रबार १ लाख ६ हजार एक सय रुपैयाँ अडिएको छ । साता भरीमा एक सय रुपैयाँले मात्र सुनको मूल्य वृद्धि भए पनि यो साता सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ ।
कुन दिन कति कायम भयो मूल्य ?
आइतबार (माघ १५ गते) – १ लाख ६ हजार रुपैयाँ
सोमबार (माघ १६ गते) – १ लाख ६ हजार ३ सय रुपैयाँ
मंगलबार (माघ १७ गते) – १ लाख ५ हजार ८ सय रुपैयाँ
बुधबार (माघ १८ गते) – १ लाख ६ हजार ३ सय रुपैयाँ
बिहीबार (माघ १९ गते) – १ लाख ७ हजार ५ सय रुपैयाँ (हालसम्मकै उच्च)
शुक्रबार (माघ २० गते) – १ लाख ६ हजार एक सय रुपैयाँ
यता चाँदीतर्फ भने यो साता मूल्यमा खासै अन्तर भएको छैन । अर्थात् यो साता चाँदीको मूल्यले स्थिरता कायम गरेको छ । आइतबार प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार समेत सोही मूल्य कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ
-
खप्तड गोल्डकप : उपाधिमा मनाङ र थ्री स्टारको दाबी
-
तस्बिरमा हेर्नुहोस्, उपाधि जितेको खुसीयाली
-
धिरज र जसिता अभिनित ‘आई एम ट्वान्टी वान’को यस्तो छ ‘योद्धा’ गीत
-
‘तिमीसँगै हुँदा’ मा कलासँग पलको रोमान्स
-
‘शिरको नाम्लो’मा सञ्चिता फकाउँदै सरोज र धिरेन