१२ जना महिलाको भारतबाट उद्धार
काठमाडौँ । नेपालबाट बेच्न लगिएका १२ जना महिलालाई प्रहरीले भारतबाट उद्धार गरेको छ । भारतबाट दुबई हुँदै इथियोपियामा लैजान खोजिएका १२ जना महिलालाई जयपुरबाट उद्धार गरिएको मानव बेचबिखन ब्युरोका एसपी दान बहादुर मल्लले रातोपाटीलाई बताए ।
वैदेशिक रोजगारीमा लैजाने लोभ प्रलोभन देखाएर उनीहरूलाई भारतको जयपुरमा राखेको सूचनाको आधारमा ब्युरोले उद्धारमा सक्रियता देखाएको थियो । भारतस्थित नेपाली राजदूतावास, भारतीय प्रहरी र भारतीय संस्था ‘हेल्प ट्रस्ट क्रस इन्डिया’ र नेपाल स्थित शान्ति पुनर्स्थापना केन्द्रका सहयोगमा उनीहरूलाई नेपाल ल्याइएको छ ।
माघ ११ मा उद्धार गरेर माघ १९ मा काठमाडौँ ल्याइएको ब्युरोले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । उद्धार गरिएका महिलाहरू २० देखी ३० वर्षका २ जना, ३१ देखी ४० वर्षका ८ जना र ४१ वर्षभन्दा माथिका २ जना छन् ।
बेचबिखनमा नेपाली र भारतीयको संलग्नता देखिएको छ । अधिकांश विवाहित उनीहरूलाई जोगबनी, काँकडभिट्टा, जमुनाह र सुनौली नाकाबाट लगिएको एसपी मल्लले बताए ।
पीडकले नै खर्च गरेर उनीहरूलाई भारतमा लगेको ब्युरोले गरेको अनुसन्धानबाट थाहा भएको छ । इथियोपिया लैजाने भनेर दुबईबाट घरायसी काममा लगाउन ओमन र कुवेतमा महिलाको तस्करी हुने गरेको एसपी मल्ले बताए । उनीहरूलाई तस्करले २०७९ मङ्सिर र पुस महिनामा भारत लगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण