बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१२ जना महिलाको भारतबाट उद्धार

शुक्रबार, २० माघ २०७९, १४ : १७
शुक्रबार, २० माघ २०७९

काठमाडौँ । नेपालबाट बेच्न लगिएका १२ जना महिलालाई प्रहरीले भारतबाट उद्धार गरेको छ । भारतबाट दुबई हुँदै इथियोपियामा लैजान खोजिएका १२ जना महिलालाई जयपुरबाट उद्धार गरिएको मानव बेचबिखन ब्युरोका एसपी दान बहादुर मल्लले रातोपाटीलाई बताए ।

वैदेशिक रोजगारीमा लैजाने लोभ प्रलोभन देखाएर उनीहरूलाई भारतको जयपुरमा राखेको सूचनाको आधारमा ब्युरोले उद्धारमा सक्रियता देखाएको थियो । भारतस्थित नेपाली राजदूतावास, भारतीय प्रहरी र भारतीय संस्था ‘हेल्प ट्रस्ट क्रस इन्डिया’ र नेपाल स्थित शान्ति पुनर्स्थापना केन्द्रका सहयोगमा उनीहरूलाई नेपाल ल्याइएको छ ।

माघ ११ मा उद्धार गरेर माघ १९ मा काठमाडौँ ल्याइएको ब्युरोले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । उद्धार गरिएका महिलाहरू २० देखी ३० वर्षका २ जना,  ३१ देखी ४० वर्षका ८ जना र ४१ वर्षभन्दा माथिका २ जना छन् ।

बेचबिखनमा नेपाली र भारतीयको संलग्नता देखिएको छ । अधिकांश विवाहित उनीहरूलाई जोगबनी, काँकडभिट्टा, जमुनाह र सुनौली नाकाबाट लगिएको एसपी मल्लले बताए ।

पीडकले नै खर्च गरेर उनीहरूलाई भारतमा लगेको ब्युरोले गरेको अनुसन्धानबाट थाहा भएको छ । इथियोपिया लैजाने भनेर दुबईबाट घरायसी काममा लगाउन ओमन र कुवेतमा महिलाको तस्करी हुने गरेको एसपी मल्ले बताए । उनीहरूलाई तस्करले २०७९ मङ्सिर र पुस महिनामा भारत लगेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप