ए डिभिजन लिगको तयारी गर्न १४ क्लबलाई १५/१५ लाख रुपैयाँ निकासा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको ए डिभिजन लिग फुटबलको तयारी तीव बनाइएको छ । एन्फाका अनुसार लिगका लागि सहभागी हुन १४ वटा क्लबले क्लब दर्ता गराएका छन् । जसअनुसार एन्फाले लिगको तयारी खर्च स्वरुप हरेका क्लबहरुलाई प्रमथ किस्ता स्वरुप जनही रु १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनले क्लबहरुलाई खेलाडी दर्ताको लागि यही माघ २९ गतेसम्मको मिति तय गरिएको पनि जनाए । फागुन १९ गतेदेखि हुने लिगमा डबल राउन्ड रोबिनको आधारमा १८२ खेलहरु खेलाइनेछ । ती खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्सस्थित खेल मैदानमा संचालन गरिने छ ।
सबै खेल मैदानको तयारी पनि एन्फाले तदारुकताका साथ अघि बढाएको छ । एन्फाले पाँचौ चरणसम्मको खेल तालिका सार्वजानिक गरिसकेको छ भने बाँकी खेल तालिका पाँचौ चरण सकिएपछि सार्वजानिक गर्ने जनाएको छ । शाहका अनुसार लिगको मार्केटिङ्ग, बोर्डकास्टिङ्ग र टिकेटिङ्गको टेन्डर आह्वान गरिसकिएको छ भने सो टेन्डरहरु यही माघ २३ गते खुला गरिने छ। लिगमा प्रथम हुने टिमले नगद रु ७५ लाख, द्धितीय हुनेले रु ५० लाख र तृतीय हुनेले रु २५ लाख पुरस्कार स्वरुप पाउने छन् । यस्तै लिगमा एक क्लबले फेयर प्ले अर्वाड स्वरुप रु तीन लाख पुरस्कार उपलब्ध गराइने छ भने प्रतियोगितको सवोत्कृट खेलाडीलाई रु तीन लाख पुरस्कार उपलब्ध गराइने छ ।
त्यस्तै उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान रु दुइ–दुइ लाख पुरस्कार उपलब्ध गराइने छ। लिगको एक उदयमान खेलाडीलाई इर्मजिङ्ग प्लेयर घोषणा गरेर नगद रु एक लाख पचास हजार दिइने पनि एन्फाले जनाएको छ । हरेक खेलको विजेता टोलीलाई थप नगद रु ५०,००० पुरस्कार पनि दिइने छ। खेल बराबरी भएको खण्डमा दुवै टोलीलाई समान रु २५,००० दिइने छ । हरेका खेलको उत्कृष्ट खेलाडीलाई प्लेयर अफ द म्याच स्वरुप रु १०,००० दिइने छ । शहिरु स्मारक ए डिभिजन लिगको अनुमानित लागत करिब रु १२ करोड रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल निर्वाचित
-
उपेन्द्रलाई टक्कर दिन राजेन्द्र महतोले बारा-२ मा उम्मेदवारी दिने
-
मधेस प्रदेशमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
-
नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने स्वर्णिम वाग्लेको घोषणा
-
बुद्ध थिएटर फेस्टिबलमा ‘प्रतिविम्ब’ र ‘पट्टाचारा’ मञ्चन
-
मेची राजमार्ग : जमिन भासिने र पहिरो खस्ने समस्या