ए डिभिजन लिगको तयारी गर्न १४ क्लबलाई १५/१५ लाख रुपैयाँ निकासा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको ए डिभिजन लिग फुटबलको तयारी तीव बनाइएको छ । एन्फाका अनुसार लिगका लागि सहभागी हुन १४ वटा क्लबले क्लब दर्ता गराएका छन् । जसअनुसार एन्फाले लिगको तयारी खर्च स्वरुप हरेका क्लबहरुलाई प्रमथ किस्ता स्वरुप जनही रु १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनले क्लबहरुलाई खेलाडी दर्ताको लागि यही माघ २९ गतेसम्मको मिति तय गरिएको पनि जनाए । फागुन १९ गतेदेखि हुने लिगमा डबल राउन्ड रोबिनको आधारमा १८२ खेलहरु खेलाइनेछ । ती खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्सस्थित खेल मैदानमा संचालन गरिने छ ।
सबै खेल मैदानको तयारी पनि एन्फाले तदारुकताका साथ अघि बढाएको छ । एन्फाले पाँचौ चरणसम्मको खेल तालिका सार्वजानिक गरिसकेको छ भने बाँकी खेल तालिका पाँचौ चरण सकिएपछि सार्वजानिक गर्ने जनाएको छ । शाहका अनुसार लिगको मार्केटिङ्ग, बोर्डकास्टिङ्ग र टिकेटिङ्गको टेन्डर आह्वान गरिसकिएको छ भने सो टेन्डरहरु यही माघ २३ गते खुला गरिने छ। लिगमा प्रथम हुने टिमले नगद रु ७५ लाख, द्धितीय हुनेले रु ५० लाख र तृतीय हुनेले रु २५ लाख पुरस्कार स्वरुप पाउने छन् । यस्तै लिगमा एक क्लबले फेयर प्ले अर्वाड स्वरुप रु तीन लाख पुरस्कार उपलब्ध गराइने छ भने प्रतियोगितको सवोत्कृट खेलाडीलाई रु तीन लाख पुरस्कार उपलब्ध गराइने छ ।
त्यस्तै उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान रु दुइ–दुइ लाख पुरस्कार उपलब्ध गराइने छ। लिगको एक उदयमान खेलाडीलाई इर्मजिङ्ग प्लेयर घोषणा गरेर नगद रु एक लाख पचास हजार दिइने पनि एन्फाले जनाएको छ । हरेक खेलको विजेता टोलीलाई थप नगद रु ५०,००० पुरस्कार पनि दिइने छ। खेल बराबरी भएको खण्डमा दुवै टोलीलाई समान रु २५,००० दिइने छ । हरेका खेलको उत्कृष्ट खेलाडीलाई प्लेयर अफ द म्याच स्वरुप रु १०,००० दिइने छ । शहिरु स्मारक ए डिभिजन लिगको अनुमानित लागत करिब रु १२ करोड रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण