दलित अधिकारीकर्मीले गरे जातीय विभेद तथा छुवाछुतविरुद्धको मुद्दा दर्ता
जुम्ला । जुम्लाका दलित अधिकारीकर्मीहरूले जातीय विभेद तथा छुवाछुत सम्बन्धी कसुर सम्बन्धीको मुद्दा दर्ता गराएका छन्। शुक्रवार बिहान जातीय विभेद तथा छुवाछुत सम्बन्धी कसुर सम्बन्धीको मुद्दा दर्ता गरिएको हो।
सिञ्जा गाउँपालिका -२ निवासी गौरीलाल जैसी तिमिल्सीनाले माघ १६ गते आफ्नो सामाजिक समग्र दलित समुदायको स्वाभिमानै आँच आउने शब्द प्रयोग गरेपछि जुम्लाका दलित अधिकारीकर्मीहरूले मुद्दा दर्ता गराएका हुन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाको मुद्दा शाखाको बुँदा नं.४९ मा निज तिमिल्सीना विरुद्ध जातीय विभेद तथा छुवाछुत सम्बन्धी कसुर सम्बन्धीको मुद्दा दर्ता भएको सूचना अधिकारी प्रहरी निरीक्षक याम बहादुर बुढामगरले बताए।
मुद्दा दर्ता भइसकेको र अब थप अनुसन्धान अघि बढ्ने उनको भनाई छ।पिडक तिमिल्सीनाले माघ १६ गते आफ्नो ‘गौरीलाल जैसी तिमिल्सीना’ नामको फेसबुकबाट दलित समुदायको इज्जत,मान सम्मान, प्रतिष्ठानमा आँच आउने गरी विभेदपूर्ण अभिव्यक्ति दिएकामा कानुनी उपचार खोजिएको दलित सेवा सङ्घ जुम्लाका अध्यक्ष भीम बहादुर सार्कीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको पुनरागमन, हाइप्रोफाइल पक्राउको आक्रामक शृङ्खलामा अदालतको ‘ब्रेक’
-
इन्डोनेसियाको पापुआमा विद्रोहीद्वारा अमेरिकी पाइलट मारेको दाबी
-
विपन्न विद्यार्थी पढाउन अक्षयकोष स्थापना
-
पोर्चुगल र क्रोएसियाबिचको खेलका क्रममा किन भयो तनाव ?
-
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
-
अन्तिम १६ मा स्थान बनाएसँगै पोर्चुगलको स्पेनसँग भेट पक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण