कर्णाली समृद्धिको यात्रा थालनी भइसकेको छ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि महोत्सव सुरु भएको छ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले महोत्सवको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले कर्णाली समृद्धिको यात्रा थालनी भइसकेको बताए । उनले अब कर्णालीमा विकास र समृद्धि हुने बताए । शर्माले अगाडि भने,‘ यहाँको गरिबी, कुसंस्कारका विरुद्ध मैदानमा उत्रिने छन् र हामी त्यसको अगुवाई गर्नेछौँ ।’
शर्माले अवस्था परिवर्तनका लागि चाहिएका नीति, कार्यक्रमहरु संविधानको स्प्रिडमा अघि बढ्ने बताए । ‘कर्णालीमा आर्थिक समृद्धि, आर्थिक सम्पन्नता र रोजगार चाहिएको छ,’ उनले भने, ‘आर्थिक सम्पन्नता भनेको सुःखको कुरा हो, सुःख मात्र भएर पुग्दैन, खुःसी पनि चाहिएको छ ।’ शर्माले समृद्धिको अभियानमा शिक्षा, स्वास्थ्य र रोजगार, त्यसका लागि भौतिक पूर्वाधार भन्ने मुल नारालाई समेटेर प्रदेश सरकार अघि बढ्ने बताए ।
प्रदेशको नीति, निर्माणका क्षेत्रमा जनताको सहभागीता आवाश्यक हुने शर्माको भनाई छ । माघ २८ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा गरिएको हो । प्रदेशको औद्योगिक व्यापार, नवीनतम कृषि प्रदर्शनी तथा व्यापार गर्ने उद्देश्यका साथ आजोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको पुनरागमन, हाइप्रोफाइल पक्राउको आक्रामक शृङ्खलामा अदालतको ‘ब्रेक’
-
इन्डोनेसियाको पापुआमा विद्रोहीद्वारा अमेरिकी पाइलट मारेको दाबी
-
विपन्न विद्यार्थी पढाउन अक्षयकोष स्थापना
-
पोर्चुगल र क्रोएसियाबिचको खेलका क्रममा किन भयो तनाव ?
-
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
-
अन्तिम १६ मा स्थान बनाएसँगै पोर्चुगलको स्पेनसँग भेट पक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण