कर्णाली प्रदेशको समृद्धिका लागि साझा पहल आवश्यक छ: मन्त्री शाही
सुर्खेत । कर्णालीका भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्ने बताएका छन् ।यस अघिका सडक योजनाहरूबाट उल्लेखनीय प्रगति नदेखिएकाले गुरुयोजना नै बनाएर अघि बढ्ने बताए ।
शनिबार पत्रकारसँग भेटघाट कार्यक्रममा उनले भने,‘ कर्णालीको समृद्धिका लागि सबैको साझा पहल आवश्यक छ । नयाँ नेतृत्वले त्यसको अगुवाइ गरेपछि प्रदेशको विकासलागि सञ्चारकर्मीको समेत रचनात्मक सुझावको अपेक्षा गर्दछु ।’
मन्त्री शाहीले प्रदेश सरकारको बजेट कार्यान्वयनको बारेमा अध्ययन गरिरहेको बताए । उनले भने,‘ भन्ने बेला यहाँ गरिबी छ, अभाव छ भन्ने तर अनुदानमै आएको बजेट कार्यान्वयन हुन् सकिरहेको छैन । यसबारे अध्ययन गरिरहेको छु ।’
शाहीले चालु आर्थिक वर्षको विकास बजेट कमजोर हुनुमा कर्मचारी अभावदेखि निर्वाचनले असर गरिरहेको औँल्याए । यद्यपि अब बजेट जतिसक्दो कार्यान्वयनमा लैजाने आफ्नो प्रयत्न रहेको शाहीको भनाई छ ।
उनका अनुसार अहिले पनि भौतिक मन्त्रालयमा ६० जना भन्दा बढी प्राविधिक कर्मचारीहरूको अभाव रहेको छ । जसका कारण विकासका योजनाहरूमा प्रगति हुन सकिरहेको छैन । ‘प्राविधिक कर्मचारी नै नभएपछि विकास कसरी अघि बढ्छ,’ शाहीले भने,‘ यसअघि कर्मचारीको विषयमा विभिन्न खालका प्रयास भएपछि असफल देखिएका छन् ।’
मन्त्री शाहीले कर्मचारीका विषयमा विशेष योजना बनाएर अघि बढ्ने बताए भने ऊर्जा क्षेत्रका लागि छुट्टै कार्यालय बनाएर अघि बढ्ने बारेमा छलफल चलिरहेको बताए । मन्त्री शाहीले योजना छनोटमा वैज्ञानिकता नभएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
-
सुत्केरी बिदा लिने जापानकी पहिलो मेयर : किन भइरहेछ राष्ट्रिय बहस?
-
इम्बोलोको गोलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध बनायो अग्रता
-
राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड र अल्जेरियाबिच भिडन्त सुरु
-
न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरणको बहसः आवश्यकता कि अतिरञ्जना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण