प्रिय मान्छेप्रति
सबै कुरा लेखेर भन्न शब्द हुँदैन,
मनका कुरा बोलेर भन्दा द्वन्द्व हुँदैन ।
सबैले बोलेको शब्दभित्र मिठास हुँदैन,
तिम्रो तीखो वचनमा म निरास हँुदैन ।।
बोली रहुुँ भन्ने म, तिमीसँग समय हुँदैन,
अब त बोलिदेऊ, मेरो मायासँग प्रलय हुँदैन ।
उमेर इच्छा र चाहनासँगै समय हुँदैन,
अब त भनिदेऊ भोलि मायाको उदय हुँदैन ।।
हाइड्रोमिटरबाहेक पानी नाप्ने यन्त्र हुँदैन,
जिवनको मिटरमा माया लाग्ने मन्त्र हुदैन ।
सद्भाव र इज्जतभन्दा माथि माया हुँदैन,
माया र प्रेम नभई जीवनको छाया हुँदैन ।।
आमालाई भनिदेऊ अब तिम्रो निर्णय हँुदैन,
बाबालाई पनि भनिदेऊ मायाको प्रणय हुँदैन ।
छाया र माया त छुट्टिने कुरै हुँदैन,
निर्णयमा ढिला भए जीवन पूरै हुँदैन ।।
जीवनमा सास र आस नहुनेको भर पर्नै हुँदैन,
इज्जत र सद्भावबिना प्रेम गर्नै कर हँुदैन ।
सबै मनका कुरा शब्दमा व्यक्त गर्ने कहर हँुदैन,
बुझ्नेले नबुझेपछि सपना पूरा हुने रहर हुँदैन ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण