लम्बियो रास्वपाको निर्णायक बैठक

काठमाडौँ । राष्ट्रिय स्ववतन्त्र पार्टी (रास्वपा) को ‘निर्णायक’ बैठक लम्बिएको छ । प्रधानमन्त्रीलाई दिएको दुई दिनको समय सकिन केही घण्टामात्रै बाँकी रहँदा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक लम्बिएको हो। गृह मन्त्रालय पाउनुपर्ने अडानमा रहेको रास्वपा शनिबार राति पौने ९ बजेदेखि छलफलमा छ । साढे १० बजेसम्म पनि पार्टी छलफलमै जुटिरहेको हो ।
बैठकमा सरकारबाट बाहिरिने कि रहिरहने भन्नेबारे आवश्यक निर्णय लिनुअघि सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेको एक नेताले बताए । ती नेताका अनुसार बैठकको सुरुमा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसहित सत्ता साझेदार दलसँग भएको छलफलका विषयमा जानकारी गराउँदै अब कसरी अघि बढ्ने भन्नेबारे राय राखेका थिए ।
उनले गृहको साटो अरु मन्त्रालयमा प्रस्ताव आएकाले यसबारे पनि धारणा मागेका छन् । सबै विषयमा सदस्यहरुको रायको आधारमा निर्णय लिने रास्वपाको तयारी छ । गृह मन्त्रालय सत्ता साझेदार दलमा भएको भागबण्डाको आधारमा रास्वपाले पाएको थियो । तर, सर्वोच्च अदालतको फैसलाअनुसार रविको संसाद पदसँगै मन्त्री पद पनि गएको थियो । तर, जिल्ला प्रशासनबाट रविको पुरानो नागरिकता कायम भएपछि उनले आफूलाई गैरसांसदको रुपमा गृहमा फर्काउन लबिङ गरेका थिए ।
तर, प्रधानमन्त्री प्रचण्ड त्यसमा तयार नभएपछि बिहीबार बैठक बसेर रास्वपाले शनिबारसम्मको अल्टिमेटम दिएको थियो । यही बीचमा भएको छलफलका क्रममा प्रधानमन्त्रीले गृह बाहेकको मन्त्रालयमा सहमति जनाउन आग्रह गरेको नेताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयाे, शुक्रबार पेसी
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- बिमा कम्पनी सहर केन्द्रित भए,गाउँ बस्तीमा विस्तार गर्नुहोस्
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त
-
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश
-
वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन