युनाइटेडको सहज जित
शनिबार, २१ माघ २०७९, २३ : ०३

एजेन्सी । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हराएको हो । खेलको सातौं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
खेलको ६२ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दा युनाइटेडले २–० गोलको अग्रता बनायो कासिमिरोले खेलको ७० औं मिनेटमा रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा समेटिएको थियो । जेफ्री स्लुपले क्रिस्टल प्यालेसका लागि खेलको ७६ औं मिनेटमा गोल गरेपनि युनाइटेडले २–१ गोलको जित निकाल्यो ।
जितसँगै युनाइटेडले २१ खेलमा ४२ अंक जोडेको छ । युनाइटेड लिगको तेस्रो स्थानमा छ । पराजित क्रिस्टल प्यालेस २४ अंक जोडेर १२ औं स्थानमा छ । आज नै भएको अर्को खेलमा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ ले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ : मन्त्री ज्वाला
-
महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ
-
पाकिस्तानमा हिन्दु डाक्टरको गोली हानेर हत्या
-
भारतमा फेरि बढे कोरोनाका बिरामी, सचेत रहन डब्ल्युएचओको आग्रह
-
सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु
-
नुवाकोटमा टाटासुमो दुर्घटना, २ जनाको निधन, ११ जना घाइते