युनाइटेडको सहज जित
शनिबार, २१ माघ २०७९, २३ : ०३
एजेन्सी । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हराएको हो । खेलको सातौं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
खेलको ६२ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दा युनाइटेडले २–० गोलको अग्रता बनायो कासिमिरोले खेलको ७० औं मिनेटमा रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा समेटिएको थियो । जेफ्री स्लुपले क्रिस्टल प्यालेसका लागि खेलको ७६ औं मिनेटमा गोल गरेपनि युनाइटेडले २–१ गोलको जित निकाल्यो ।
जितसँगै युनाइटेडले २१ खेलमा ४२ अंक जोडेको छ । युनाइटेड लिगको तेस्रो स्थानमा छ । पराजित क्रिस्टल प्यालेस २४ अंक जोडेर १२ औं स्थानमा छ । आज नै भएको अर्को खेलमा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ ले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण