शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आमा बनेपछि पहिलो पटक र्‍याम्प शो गर्दै अभिनेत्री श्वेता

आइतबार, २२ माघ २०७९, ११ : ४७
आइतबार, २२ माघ २०७९

काठमाडौँ । पछिल्लो समय अभिनेत्री श्वेता खड्का फिल्मी गतिविधिबाट बाहिर छिन् । केही महिना अगाडि छोरीलाई जन्म दिएकी श्वेताको आमा बनेपछि सार्वजनिक कार्यक्रममा उपस्थिति पनि देख्न सकिन्न ।

घरपरिवारमा रमाइरहेकी श्वेताले अव फेसन शो ‘मिलानो रनवेमा सिजट २’मा र्याम्पवाक गर्दै देखिने भएकी छन् । ठमेलको फरेनहाइट क्बलले आगामी माघ २८ गते आयोजना गर्न लागेको फेसन शोमा उनी शो पटरको रूपमा र्‍याम्पमा देखिने लागेकी हुन् ।  श्वेतासँगै उक्त फेसन शोमा शो टपरको रूपमा ‘मिस इन्टरनेशनल नेपाल २०२२’ की विजेता न्यान्सी खड्का पनि देखिनेछिन् ।

फेसन शोमा १० डिजाइनरले तयार पारेका आकर्षक पहिरन डिजाइनहरू ३२ महिला तथा १४ पुरुष मोडलद्वारा विभिन्न सिक्वेलमा प्रस्तुत गर्नेछन् । शोको जर्जको रूपमा प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, सन्ध्या केसी, सोनाम सुब्बा लिम्बु लगायत रहेका छन् ।

फेसन शोमा मोडल, डिजाइनर, फोटोग्राफर, मेकअप लगायत  हरेक पक्षका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको आयोजक क्लब फरेनहाइट संस्थापक मिलन श्रेष्ठले बताए ।

329575729_1862499477453429_1305654018832532760_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप