शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सुरक्षा

सशस्त्र प्रहरीमा ४ डीआईजीको बढुवा निस्किँदै

सि.सं–१ को टोली प्रतिस्पर्धामा
आइतबार, २२ माघ २०७९, १९ : ३७
आइतबार, २२ माघ २०७९

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा प्रक्रिया थालिएको छ । सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ । 

डीआईजी बढुवा गर्न बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले सूचना प्रकाशन गरेका छन् ।

माघ १९ मा प्रकाशित सूचना अनुसार प्रतिस्पर्धीहरुले बढुवा प्रयोजनमा आवश्यक प्रमाण पत्रका प्रतिलिपिहरु संलग्न गरेर मुल्यांकन फारम भर्नुपर्छ । बढुवा समितिले सो फारम ७ दिनमा बुझाउन आह्वान गरेको छ ।

सशस्त्रमा कुल १६ जना डीआईजीको दरबन्दी छ । तीमध्ये रिक्त ४ पदमा बढुवा गरिँदै छ । डीआईजी पदमा बढुवा हुन सि.सं–१ मा इन्स्पेक्टरमा भर्ना भएका अधिकृतहरू प्रतिस्पर्धामा छन् ।

२०५९ कार्तिक २६ मा सि.सं–१ मा भर्ना भएका एसएसपीहरु पहिलोपटक डिआईजीमा पदोन्नति हुन लागेका हुन् । सशस्त्र स्थापना भएपछिको पहिलो सो ब्याचमा ९ जना भर्ना भएका थिए । बढुवा प्रतिस्पर्धामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दिपेन्द्र शाह, पुरुषोत्तम थापा, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र विनोदराज श्रेष्ठ छन् ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुको मेरिट लिस्टमा दिपेन्द्र शाह पहिलो नम्बरमा छन् । सि.सं–१ मा भर्ना भएका प्रकाश थापाले स्टाफ कलेज नगरको हुनाले उनी प्रतिस्पर्धाबाट बाहिर छन् । डीआईजीमा बढुवा हुन त्रिभुवन विश्वविद्यालयले लिने स्टाफ कलेजको कोर्स पुरा गर्नुपर्छ । सो कोर्स १८ महिनाको हुन्छ ।

बढुवा प्रतिस्पर्धामा रहेका कृष्णराज पाठक नेपाल प्रहरीको प्राविधकितर्फको प्रहरी नायव निरीक्षक (सई) पदबाट सशस्त्रमा प्रवेश गरेका थिए । उनी कमजोर कमाण्ड भएका अफिसरको रुपमा चिनिन्छन् ।

बढुवाको प्रतिस्पर्धी मध्येका सुरेश कुमार श्रेष्ठ संयुक्त राष्ट्रसंघको पि–४ तहमा छनोट भएका अधिकृत हुन् । २०७९ मंसिरमा श्रेष्ठलाई राष्ट्रसंघले दक्षिण सुडानमा सञ्चालित शान्ति मिशनको प्रोटेक्सन अफ सिभिलियन साइट कोअर्डिनेटर (पि–४ तह) मा छनोट गरेको थियो । अहिले उनी पोखरा स्थित सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका समादेशकको रुपमा कार्यरत छन् । २०७७ पुसमा कामु एसएसपी हुँदा श्रेष्ठ १ नम्बरमा थिए । 

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलले न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा लामो समय सेवा गरेका थिए । 

विपद् व्यवस्थापन शिक्षालय, कुरिनटारको समादेशक रहेका पोखरेलले सो युनिटलाई दुईपटक अब्बल साबित गराएका छन् । माघ ९ मा सशस्त्र प्रहरी बलको २२ औं स्थापना दिवसको अवसरमा  पोखरेललाई आईजीपी राजु अर्यालले ‘एपिएफ आईजी कमेण्डेशन’ प्रदान गरेका थिए । 

पोखरेलको कमाण्डमा गत वर्ष पनि सो शिक्षालय सर्वोत्कृष्ट ठहरिएको थियो । एसएसपी पोखरेलले यसवर्ष गोताखोर तालिम र केबुलकार दुर्घटना उद्धार अभ्यास संचालन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप