बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीका ९ जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय

आइतबार, २६ पुस २०७७, २१ : ५६
आइतबार, २६ पुस २०७७

काठमाडौं । सशस्त्र प्रहरीका नौ जना उपरिक्षक (एसपी)लाई बरिष्ठ उपरिक्षक  पदमा (कामु) बढुवा गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रवार गरेको कायम मुकायम मुकरर गर्ने निर्णयको पत्र आइतबार सशस्त्रको मुख्यालयमा पठाइएको छ । 

सशस्त्र प्रहरी उपरिक्षक रेशम कुमार थक्सु पहिलो नम्बरको बरिष्ठ उपरिक्षकमा बढुवा भएका छन् । प्रेम ध्वज शाह, गाहार धन राई, सोम बहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी, पुरुषोत्तम थापा र अन्जनी कुमार पोखरेल लाई एसएसपीमा बढुवा गरिएको छ । 

सशस्त्र प्रहरी नियमावली अनुसार एसपी पदमा ४ बर्ष सेवा अवधी नपुगेको कारण उनिहरुलाई कायम मुकायम एसएसपी मा बढुवा गरिएको हो । पहिलो नम्बरमा बढुवा गरिएका थक्सु नेपाल प्रहरी बाट एपिएफमा सेवा स्थानन्तरण गरेर आएका हुन् । 

सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी र पुरुषोत्तम थापा लगायतका अधिकृत सशस्त्र प्रहरीमा भर्ना भएका पहिलो ब्याच (सिसम–१)का हुन् । सो ब्याचका अधिकृत ०७५ वैशाख २६ मा एसपीमा बढुवा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप