सशस्त्र प्रहरीका ९ जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय
काठमाडौं । सशस्त्र प्रहरीका नौ जना उपरिक्षक (एसपी)लाई बरिष्ठ उपरिक्षक पदमा (कामु) बढुवा गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रवार गरेको कायम मुकायम मुकरर गर्ने निर्णयको पत्र आइतबार सशस्त्रको मुख्यालयमा पठाइएको छ ।
सशस्त्र प्रहरी उपरिक्षक रेशम कुमार थक्सु पहिलो नम्बरको बरिष्ठ उपरिक्षकमा बढुवा भएका छन् । प्रेम ध्वज शाह, गाहार धन राई, सोम बहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी, पुरुषोत्तम थापा र अन्जनी कुमार पोखरेल लाई एसएसपीमा बढुवा गरिएको छ ।
सशस्त्र प्रहरी नियमावली अनुसार एसपी पदमा ४ बर्ष सेवा अवधी नपुगेको कारण उनिहरुलाई कायम मुकायम एसएसपी मा बढुवा गरिएको हो । पहिलो नम्बरमा बढुवा गरिएका थक्सु नेपाल प्रहरी बाट एपिएफमा सेवा स्थानन्तरण गरेर आएका हुन् ।
सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी र पुरुषोत्तम थापा लगायतका अधिकृत सशस्त्र प्रहरीमा भर्ना भएका पहिलो ब्याच (सिसम–१)का हुन् । सो ब्याचका अधिकृत ०७५ वैशाख २६ मा एसपीमा बढुवा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
-
राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेस
-
स्पष्ट प्राथमिकता बिना संविधान संशोधन अघि बढाइएकोमा गगन थापाको आपत्ति
-
सुदूरपश्चिम प्रदेशको बजेटबारे सत्तापक्षकै चर्को विरोध, प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
-
नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण